お知らせ
NEWS
जाडो बिदाको अवधिमा सावधानी र सम्पर्क सम्बन्धि जानकारीको बारेमा
एयेरु बिद्यालयका सम्पूर्ण विद्यार्थीहरू
डिसेम्बर १३, २०२३
बिद्यालय संगठन एयेरु बिद्यालय
प्रिन्सिपल ताएको किमुरा
जाडो बिदाको अवधिमा सावधानी र सम्पर्क सम्बन्धि जानकारीको बारेमा
जाडोको बिदा चाँडै आउँदैछ। तथापि, जाडो बिदा गर्मि बिदाहरू भन्दा छोटो हुन्छ, त्यसैले गर्दा यदि तपाईंले जाडो बिदालाई समयमा सदुपयोग गर्नु भएन भने तपाइको जाडो बिदा बितेको पत्तो हुन्न तेसैले,अहिले गर्नु पर्ने काम, कुराहरु राम्रो संग ध्यान दिएर जाडो बिदा सकिए पछि कार्य योजना बनाउनुहोस्।
- आफ्नो करियरको बाटो तय गरेका विद्यार्थीहरू: यो अप्रिल महिनामा सुरु हुने नयाँ कक्षाको लागि तयारी गर्नु पर्ने समय हो।
जुन विद्यार्थी आफ्नो करियरको सफलतामा पुग्न चाहनु हुन्छ ,त्यो विद्यार्थीको करियरको बाटो अन्तिम बाटो हुनसक्छ। तेसैले राम्रो संग अध्ययन गर्नुहोला। मेरो तर्फाबाट तपाईहरुलाई सुभकामना छ। - प्रथम वर्षको विद्यार्थी: करियरको बाटो तय गर्न एक वर्ष भन्दा कम समय बाँकी छ।तेसैले यो समयलाई लक्ष्य प्राप्तिका लागि यसलाई अभ्यासको रूपमा प्रयोग गरौं।
- जाडो बिदाको अवधि: २३ डिसेम्बर (शनिबार) देखि ८ जनवरी (सोमबार)
- विद्यालय बन्द: डिसेम्बर २७ (बुधवार) देखि ५ जनवरी (शुक्रबार) १३:००सम्म
- ※सबै विद्यालय भवनहरू यस अवधिमा बन्द रहनेछन्।
- ※शुक्रबार, जनवरी ५ दिउसोको १३:०० बजे देखि खोलिन्छ।
- सुरक्षित तवरले पार्ट-टाइम काम गर्ने,
लामो समयको बिदामा,दिनको 8 घण्टासम्म पार्ट-टाइम काम गर्न अनुमति दिइन्छ, तर काम गर्ने घण्टाको सीमा हप्ताको 40 घण्टा सम्म मात्र हो। कृपया ध्यान दिनुहोस् कि ४० घण्टा भन्दा बढी काम गर्न पाऊदैन। - दुर्घटना र घटनाहरूबाट सावधान रहनुहोस् !
क्रिसमस, नयाँ वर्षको दिन, र नयाँ वर्षको बिदाहरूमा धेरै घटनाहरू हुन्छन्, र त्यो समय अफुनो देशमा फर्कने समय पनि हो। तेसैले,असामान्य परिस्थिति, वा अप्रत्याशित दुर्घटना,घटनाहरू निम्त्याउनबाट जोगिनको लागि कृपया पर्याप्त सावधानी अपनाउनुहोस्। - रक्सी पिउँदा होसियार हुनुहोस्!
नयाँ वर्षको बिदाको समयमा, रक्सी पिउने जमघट बढी हुन्। रक्सी पिउँदा कृपया निम्न बुँदाहरूमा ध्यान दिनुहोस्।① नाबालिकाहरूलाई मादक पदार्थ सेवन गर्न निषेध;
② अत्यधिक मदिरा पिउने र धेरै पिउने जस्ता खतरनाक कार्यहरूको निषेध;
③ मानिसहरूलाई जबरजस्ती रक्सी पिउन गर्न निषेध;
④ मादक पदार्थ सेवन गरी सवारी चलाउन निषेध, जुन गम्भीर अपराध हो; (मादक पदार्थ सेवन गरेर कार वा साइकल चलाउनु हुँदैन। कार वा साइकल चलाएर फर्किने काम भएको व्यक्तिलाई रक्सी पिउन कर्र नगराउनु ,यो सख्त रूपमा निषेधित र अपराधिक कार्य हो। - उच्च शिक्षामा प्रवेश गर्ने वा रोजगारी खोज्ने तयारी गरिरहेका विद्यार्थीहरूले यस अवधिमा पूर्णमा तयारी गर्नुपर्छ। तपाइँले जाडो बिदा कसरी बिताउनु हुन्छ भन्ने कुराको आधारमा नतिजा फरक हुनेछ।
<डिसेम्बर २७ (बुधवार) देखि ४ जनवरी (बिहिबार) सम्मको आपतकालीन सम्पर्क जानकारी>
ट्राफिक दुर्घटना, ठूलो चोटपटक, बिरामी आदिको घटनामा, कृपया तलको जानकारीमा सम्पर्क गर्न नबिर्सनुहोस्।
तपाइले फोन वा इमेल द्वारा पनि सम्पर्क गर्न सक्नुहुन्छ । कृपया हामीलाई पहिले तपाइको विद्यार्थी नम्बर र नाम बताउन नबिर्सनुहोस्।
विभाग सम्पर्क फोन नम्बर इमेल ठेगाना
अन्तर्राष्ट्रिय व्यापार विभाग ०८०-९७०७-९१८२ biz@ehle.ac.jp
अन्तराष्ट्रिय संचार विभाग ०८०-९७०७-९१८२ com@ehle.ac.jp
आबेदन जापानिज भाषा बिभाग ०८०-४९५२-३४८३ ounichi@ehle.ac.jp
जापानी भाषा शिक्षा विभाग ०८०-७९५६-४४७८ nihongo@ehle.ac.jp
<वर्षको अन्तिम र नयाँ वर्षको बिदामा आपतकालीन उपचार>
■बिदाको समयमा आपतकालीन क्लिनिकहरु
चिकित्सा विभागहरू: आन्तरिक चिकित्सा/बाल रोग, चिकित्सा दिनहरू: आइतवार, बिदा, १२/३०-१/४
रिसेप्शन समय: १०:००-१६:३०
मियाकोजिमा :१-२४-२३ मियाकोजिमा मिनामिदोरी, मियाकोजिमाकु (मियाकोजिमा सबवे बाहिर निस्कने गेट नम्बेर २) फोन :०६-६९२८-३३३३
निशिकुजो: कोनोहाना-कु निशिकुजो ५-४-२५ (JR/हान्सिन निशिकुजो तल जानुहोस् )०६-६४६४-२११११
ज्युसोउ:१-११-२६ ज्युसोउ हिगाशी योदोगावा-कु (HANKYU ज्युसोउ स्टेशनमा ओर्लनुहोस्) फोन:०६-६३०४-७८८३
इमाज़ातो:३-६-६ ओइमाज़तो निसी हिगाशीनारीकु इमाज़ातो सबवे २ गेट फोन :०६-६९७२-०७६७
सावनोचोउ: मिनामिसुमियोशी, सुमियोशीकु (नानकाई सावनोचोउ स्टेशन ) फोन : ०६-४७००-७७७१
नाकानो :हिगाशीसुमियोशीकु,(सबवे कोमागावा नाकानो १ नम्बेर गेटबाट निस्कनुस) फोन: ०६-६७०५ -१६१२
■केन्द्रीय आकस्मिक क्लिनिक फोन:०६-६५३४-०३२१
४-१० -१३ शिनमाची, निशिकु (सबवे निशिनागाहोरी प्रवेश गेट 4-A)
आन्तरिक चिकित्सा, बाल रोग: आइतबार, राष्ट्रिय बिदा, १२/३० – १/४ १७:०० – ५:३०
नेत्र रोग (ENT)ओटोरहिनोलरीङ्गोलोजी: आइतबार, राष्ट्रिय बिदा, १२/३० – १/४ १०:०० – २१:३०
■बिदाको दिन: वा रातमा आपतकालीन दन्त उपचार गर्नु परेमा *कृपया अघिल्लो दिनमा सम्पर्क गर्नुहोस्।
तेंनोउजीकु दोउगाशिबा १-२-२७ ओसाकाफु शिका इशी खैकान (JR मोमोदानी स्टेशन)
वर्षभरि र रातको समय :२१ : ०० ~ ३ : ०० (क्लिनिक जांच समय ) फोन न : ०६ -६७७४ -२६०
बिदाहरु :आइतवार, सार्बजानिक दिन बिदा १२/२९-१/४ १०:००-१६:०० (रिसेप्शन समय) फोन न: ०६-६७७२-८८८६
■आकस्मिक राहत केन्द्र ओसाका
अचानक तपाइलाई बिरामी वा चोटपटकको कारण के अस्पताल जानु पर्छ? के एम्बुलेन्स बोलाउनु पर्छ ?
♯7119 अथवा फोन:०६ -६५८२ -७११९
■बिदा/रातिको आपतकालीन क्लिनिक सेवाहरु: (आन्तरिक चिकित्सा, बाल रोग, नेत्र रोग, ENT ओटोलरीङ्गोलोजी), बिदा /रातिको आपातकालीन दन्त क्लिनिक
सजिलो जापानिज भाषा:(にほんご) निहोन्गो 急 (きゅう)अचानक な क्यु ना (病気) बिरामी や ब्योउकि या けがのとき(चोटपटकको अवस्थामा)(केगानो तोकी) अचानक बिरामी वा चोटपटकको अवस्थामा
https://www.city.osaka.lg.jp/kenko/page/0000371474.html
समाप्त
関連記事
- イベント (30)
- コロナ対策 (13)
- 入試情報 (2)
- 学園ニュース (140)
- 職員の志 (227)
- 重要なお知らせ(ベトナム) (21)
- 重要なお知らせ(在校生) (45)
- 重要なお知らせ(簡体字) (21)
- 重要なお知らせ(英語) (19)